एमालेभित्र हामीले विद्रोहको बिउ रोपेका छौं, केही समयमा त्यसको परिणाम देखिन्छ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र आफूले विद्रोहको बिउ रोपेको र त्यसको परिणाम केही समयमा देखिने दाबी गरेका छन् ।
बुधबार पार्टी कार्यलय पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरी आएका नेताहरूलाई प्रवेश गराउँदै उनले ओलीको अहंकार र दम्ब विरूद्ध एमालेका क्रान्तिकारी शक्तिहरूले विद्रोह गर्ने दाबी गरेका हुन् ।
‘एमालेभित्र ओलीबाहेक धेरै नेताहरू क्रान्तिकारी रहेका छन् । मेरो तीन वर्षको अनुभवमा ओली विरुद्ध विद्रोह गर्ने सच्चा कम्युनिष्ट साथीहरू त्यहाँ छन्’, उनले भने, ‘हेर्नुहोला त्यहाँ हामीले विद्रोहको बिउ रोपेर आएका छौं । केही समयमा त्यहाँभित्र परिणाम देखिन्छ ।’
त्यस्तै उनले आगामी निर्वाचनमा माओवादीको विजयलाई कसैले रोक्न नसक्ने दावी गरे ।
‘म विप्लव, बैद्य, धर्मेन्द्रलगायत पार्टीमा रहेका साथीहरूलाई आग्रह गर्छु । विगतका गल्तिबारे सबैले गम्भीर आत्मसमीक्षा गरौं’, उनले भने, ‘माओवादीहरू एक ठाउँमा जम्मा भए आगामी दिनमा हाम्रो शक्तिलाई रोक्न सक्दैन ।’
प्रचण्डले सबै माओवादी शक्ति एकजुट भएरमात्र समस्याको समाधान हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले वाहिरका वामपन्थी शक्तिसँग पनि अग्रगामी सोच रहेको बताए ।
गतहप्ता विप्लवसँग विद्रोह गरेका नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारसहितका ५२ जना नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया