चीनले अमेरिकालाई भन्यो– ताइवानसँगको आधिकारिक अन्तरक्रिया रोक्नुस्
काठमाडौं (एजेन्सी) । चीनको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन–अमेरिका विज्ञप्ति कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । उनले संयुक्त विज्ञप्ति निकाल्नेलगायत ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक आदानप्रदान बन्द गर्न उनले आग्रह गरेका हुन्
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले २१औं शताब्दीको व्यापारमा युएस–ताइवान पहलबारे सोधिएको प्रश्नको जवाफमा नियमित समाचार ब्रिफिंगमा सो टिप्पणी गरेका हुन् ।
झाओले भने, ‘चीनले सार्वभौमसत्ता र आधिकारिक प्रकृतिका जस्ता देखिने वार्ता वा सम्झौताहरू सहित कूटनीतिक सम्बन्ध भएका देशहरूद्वारा ताइवान क्षेत्रसँगको सबै प्रकारको आधिकारिक अन्तरक्रियाको चीन दृढतापूर्वक विरोध गर्दछ। यो अडान स्थिर र स्पष्ट छ ।’
उनले थपे, ‘संसारमा एउटा मात्र चीन छ र ताइवान त्यसको अविभाज्य भूभागको हो । जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानूनी सरकार हो ।
प्रवक्ताले भने, ‘संयुक्त राज्य अमेरिकाले एक चीन सिद्धान्त र तीन चीन–अमेरिकाको शर्तहरूको पालना गर्नुपर्छ। संयुक्त विज्ञप्तिलगायत ताइवानसँगका सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू रोक्नुहोस्, सार्वभौमसत्ता र आधिकारिक प्रकृतिका सम्झौताहरू एवं वार्ता गर्न बन्द गर्नुहोस् र ‘ताइवान स्वतन्त्रता’ पृथकतावादी शक्तिहरूलाई बढावा नदिनुहोस् । हामी ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूलाई यो पनि स्पष्ट पार्न चाहन्छौं–उनीहरूले अमेरिकी समर्थनमा स्वतन्त्रता खोज्न सक्छन् भन्ने विचारलाई तुरुन्तै त्याग्न आवश्यक छ किनभने तिनीहरू जति धेरै महत्वाकाङ्क्षी छन् तिनीहरूको असफलता पनि त्यति नै तितो हुनेछ, प्रवक्ताले थपे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया