६० प्रतिशत जनता कृषिमा लागे पनि कृषिजन्य वस्तु आयात हुनु दुःखद : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताएका छन् । १९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् ।
‘अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानी, प्रयासको कमी यस्तो भएको हो । अब यसको अन्त्य गर्नुपर्नेछ,’ उनले भने, ‘यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकरणतर्फ लम्कनेछौं । आफैंलाई सुधार गरे उन्नत बीउ र आफ्नै जीवनस्तरसमेत सुधार गर्न सकिनेछ ।’
ओलीले नेपालको भूबनोटअनुसार उपयुक्त हुने भएकाले धानबालीमा जोड दिनुपर्नेसमेत बताए ।
धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उनको जोड थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया