६० प्रतिशत जनता कृषिमा लागे पनि कृषिजन्य वस्तु आयात हुनु दुःखद : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताएका छन् । १९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् ।
‘अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानी, प्रयासको कमी यस्तो भएको हो । अब यसको अन्त्य गर्नुपर्नेछ,’ उनले भने, ‘यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकरणतर्फ लम्कनेछौं । आफैंलाई सुधार गरे उन्नत बीउ र आफ्नै जीवनस्तरसमेत सुधार गर्न सकिनेछ ।’
ओलीले नेपालको भूबनोटअनुसार उपयुक्त हुने भएकाले धानबालीमा जोड दिनुपर्नेसमेत बताए ।
धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उनको जोड थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया