NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सेयर बजारमा छायो हरियाली, ४१ अंकले नेप्से बढ्दा १ अर्ब ४३ करोडको कारोबार

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ४१.३९ अंकले नेप्से परिसूचक उकालो लागेर १९६२.७१ मा कायम भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.५५ अंकले बढेर ३७९.१५ मा पुगेको छ । बुधबार कूल २२८ कम्पनीको ४३ लाख ४६ हजार ४३९ कित्ता शेयर खरिर बिक्री हुँदा कुल १ अर्ब ४३ करोड १४ लाख ६४१ रूपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा हरियाली छाएको छ । त्यसमध्ये व्यापारको सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.७४, होटल तथा पर्यटन ३.४६, विकास बैंक ४.४३, जलविद्युत् ३.९३, वित्त ४.१४, निर्जीवन बीमा २.५२, उत्पादन २.७७, अन्य ३.५९, लघुवित्त २.७९, जीवन बीमा १.३, सामूहिक लगानी कोष २.७९ र लगानी २.४१ अंकले उकालो लागेको छ ।

बुधबार कारोबारको आधारमा न्यादी ग्रुप पावर शीर्ष स्थानमा छ । सो कम्पनीले ५ करोड ४२ लाख ७६ हजार ६७८ रूपैयाँको कारोबार भएको छ । त्यस्तै एशियएन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख ६८ हजार ११३ रूपैयाँ, नेपाल रि इन्स्योरेन्सको ४ करोड ७० लाख ४४ हजार ७३६, अरूण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख ६९ हजार ३६१ र हिमालयन डिष्टिलरीको ४ करोड ५५ लाख ६८ हजार ९२६ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सिवाइसी नेपाल लघुवित्तको ९.९९, बरूण हाइड्रोपावरको ९.३९, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.६५ र ग्रिन भेन्चर्सको लगानीकर्ताले ८.२२ प्रतिशतका दरले कमाएका छन् ।

आज मैलङ खोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले १.९१ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १.८, नबिल ब्यालेन्स फण्ड ३ ले १.५६, स्वाभिमान वित्तिय सस्था १.५२ र लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १.३६ प्रतिशतका दरले गुमाएका छन् ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष