‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक
काठमाडौं । चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर बुधबार सार्वजनिक गरिएको छ । टाइटल टिजर ३० सेकेन्डको मात्रै छ ।
कोरोना भाइरसको महामारी अगाडि नै छायांकन गरिएको चलचित्र आगामी भदौ १७ गते प्रदर्शन मिति घोषणा गरिएको फिल्मको पोस्ट प्रोडक्सनको काम सकिएको निर्माण युनिटले जनाएको छ ।
अबको केही दिनमा फिल्मको गीत ‘ए माया तिमी विना जीवन चल्दैन’ सार्वजनिक गरिने पनि बताइएको छ ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट मुख्य भूमिकामा छन् । फिल्ममा केकी र आँचल देउरानी र जेठानीको भूमिकामा रहेका छन् ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्मित यो फिल्म भिमनिधि तिवारीको ‘झिँगेदाउ’ कथामा आधारित छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया