NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नबिल दिगो बैंकिङको वार्षिकोत्सवमा ‘नबिल ग्रिन विक’ मनाइँदै

काठमाडौं । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ ।

एक वर्षमा नबिल बैंक मात्र नभएर सिंगै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकले उल्लेख गरेको छ ।

प्रारम्भिक समयदेखि नै हाइड्रोमा लगानी गर्नेदेखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले जनाएको छ । बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका जनतालाई लक्षित गर्दै नबिन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ ।

१७ दुर्गम शाखाबाट सुरु गरेको उक्त कर्जाअन्तर्गत  बैंकले २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड रुपैयाँ कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६ हजा महिलाहरू रहेका बैंकले जानकारी दिएको छ ।

यसैगरी उक्त उद्देश्यमध्ये बैंकले वातावरण र सामाजिक सरोकार र संमद्र्धन गर्ने उदेश्य राखेको जनाएको छ । तसर्थ बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राख्दै ‘ईएसआरएम’ गाइडलाइनहरू अन्तर्गत कर्जा प्रदान गर्ने व्यवस्था रहेको बताएको छ । त्यस्तै बैंकले सन् २०१८ देखिनै एक करोड भन्दा बढी ऋण सुविधा लिने र कमर्शियल लीजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्स मध्ये कुनैपनि सुबिधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्कड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको बैंकले जनाइएको  छ ।

विश्वमा जलवायु परिवर्तनको बढ्दो चिन्तालाई ध्यानमा राख्दै बैंकले सन् २०२१ मा को सदस्यता लिएको र कर्जा पोर्टफोलियो र लगानीसँग सम्बन्धित हरितगृह ग्याँस उत्सर्जन मापन र प्रतिवेदन गर्ने पिसिएएफको अङ्ग भइसकेको पनि बैंकले  जानकारी दिएको छ । साथै नबिल बैंकले २६ मार्च २०२२ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बौद्धनाथ स्तुपमा रहेको प्रेयर फ्ल्यागलाई बायोडिग्रेडेबल प्रेयर फ्ल्यागले प्रतिस्थापन गरी पर्यावरणमैत्री सचेतना अभियान सुरु समेत गरेको छ ।

देशमा सामाजिक उद्यमशिलता विकास, प्रोत्साहन र प्रबर्धन गर्नका निम्ति र उद्यमिहरूको विकास र पोषण, तिनीहरूलाई असमानता र वञ्चितिकरण जस्ता सामाजिक समस्याहरू समाधन गर्न र दिगो सामाजिक कम्पनी निर्माणमा सहायता गर्ने ध्येयका साथ नबिल बैंकले २०७८ मंसिर एक गते नबिल स्कुल अफ सोसल अण्ट्रप्रेनरशिपको स्थापना गरेको हो । त्यस्तै बैंकले नबिल स्कुल अफ सोसल अण्ट्रप्रेनरशिपको रुथापना गरेको जनाएको छ । संस्थाभित्रै बाट दिगो अभ्यासहरू लाई आन्तरिकीकरण गर्दै दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले २०७८ बाट ‘नबिल स्टाफका लागि दिगो अभ्यासहरू’ योजना पनि ल्याएको कम्पनीले उल्लेख गरेको छ ।

यस योजना अन्तर्गत दिगो बैंकिङ गतिविधिहरू प्रतिको बैंकले प्रतिबद्धतालाई थप सशक्त बनाउन नबिल बैंकले आफ्ना सबै कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा समावेश गर्न सकिने किसिमका केही दिगो अभ्यासहरू अपनाएको बैंकले जनाएको छ ।

स्थानीय बजारमा कृषि प्राविधिकहरूलाई कृषि उद्यमीको रूपमा स्थापित गर्नका लागि ‘कृषि दूत’ विकास गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक कृषि प्राविधिकहरूलाई कृषि ऋणको प्रावधान पनि बैंकले प्रारम्भ गरेको बताएको छ ।

यसका अतिरक्त ’नबिल दिगो बैंकिङ’को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा नबिल बैंकले एक हप्ता लामो ‘नबिल ग्रीन हप्ता’  आजबाट सुरु गर्न लागेको बैंकले जनाएको छ ।