रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने सम्भावना बढ्यो
काठमाडौं । रवि लामिछानेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ ।
गत असार ७ गते पार्टी घोषणा गर्दा लामिछानेले घण्टी चिन्ह प्रस्ताव गरेका थिए । तर, यो चिन्ह अर्कै पार्टीले चुनाव चिन्ह भइसकेका कारण नपाउने सम्भावना बढेको बताइएको छ ।
पार्टीको नाम नै फेर्न दबाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको भेटिएको छ ।
उक्त दल २०७३ मै दर्ता भइसकेको पाइएको छ ।सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ भने पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् ।
एउटै चुनाव चिन्ह दुईवटा पार्टीलाई दिन नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया