NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने सम्भावना बढ्यो

काठमाडौं । रवि लामिछानेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ ।

गत असार ७ गते पार्टी घोषणा गर्दा लामिछानेले घण्टी चिन्ह प्रस्ताव गरेका थिए । तर, यो चिन्ह अर्कै पार्टीले चुनाव चिन्ह भइसकेका कारण नपाउने सम्भावना बढेको बताइएको छ ।

पार्टीको नाम नै फेर्न दबाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको भेटिएको छ ।

उक्त दल २०७३ मै दर्ता भइसकेको पाइएको छ ।सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ भने पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् ।

एउटै चुनाव चिन्ह दुईवटा पार्टीलाई दिन नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।