NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

१९ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मंगलबार विभिन्न निकायमा सहसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा १९ जना छन् ।

खानेपानी मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ खानेपानीमा अतिरिक्तमा रहेका शोभाकान्त पौडेलको सरुवा गरिएको छ ।

यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका दीपक घिमिरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशमा सरुवा भएको छ । यसैगरी, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं १ विराटनगरका सुरेश राउतको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको जनाइएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको वन तथा वातावरण मन्त्रालयअन्तर्गत सरुवा भएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी स्किम श्रेष्ठको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । यस्तै राष्ट्रिय दलित आयोगका शिवराम गेलाललाई मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।

विराटनगर महानगरपालिका राष्ट्रिय दलित आयोग मन्त्रालयमा निश्चलराज पाण्डेलाई सरुवा गरिएको छ भने सोही महानगरपालिका आर्थिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका नारायणप्रसाद सापकोटालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नेत्रप्रसाद सुवेदीको सोही मन्त्रालयको आर्थिक मामिला तथा सहकारी मन्त्रालय, गृह मन्त्रालयअन्तर्गतका रामप्रसाद पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी, प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशका भूपेन्द्र थापाको कानुन, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै गृह मन्त्रालयअन्तर्गतका नारायण प्रसादभट्टराईलाई प्रदेश लोक सेवा आयोग कर्णालीमा सरुवा गरिएको छ ।

यस्तै वन तथा वातावरण मन्त्रालय अन्तर्गतका गोपाल अर्यालको गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ भने सामान्य अतिरिक्त समूहकी रेखा कँडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी, अर्थ मन्त्रालयका महेश आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेश र उक्त पदका धनीराम शर्मालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको हो । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सहसचिव जगदीश्वर कर्माचार्यको सोही मन्त्रालयअन्तर्गत सरुवा गरिएको जनाइएको छ ।