NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

‘हिटेड टोबाको प्रोडक्ट्स’माथि प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

काठमाडौं (एजेन्सी) । युरोपेली आयोगले बुधबार युरोपमा विभिन्न स्वादमा सेवन गरिने गरिएको ‘सल्काएर वा तताएर खाइने सुर्तीजन्य पदार्थ’को प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।

युरोपमा ‘हिटेड टोबाको प्रोडक्ट्स’को बढ्दो लोकप्रियता र यसको स्वास्थ्यमा हुने प्रतिकुल प्रभावप्रति सजग बन्दै यो निर्णय लिइएको युरोपेली संघ (ईयू) ले उल्लेख गरेको छ ।

ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिड्सले जारी विज्ञप्तिमा भनिएको छ, ‘हरेक दशमध्ये नौ फोक्सोको क्यान्सर सुर्तीजन्य पदार्थ सेवका कारण हुने गरेको छ । हामीले धुम्रपानलाई सकेसम्म विकर्षणको साधन बनाउन चाहन्छौं ।’

उनले भने, ‘बजारबाट विभिन्न स्वादमा उपलब्ध ‘आगो वा विद्युतीय सामग्रीमा सल्काएर वा तताएर खाइने सुर्ती हटाएर हामी ‘क्यान्सरमाथि विजय गर्ने योजना’ अन्तर्गत सन् २०४० सम्ममा ५ प्रतिशतभन्दा कम जनसंख्याले सुर्ती प्रयोग गरेर ‘चुरोट मुक्त पुस्ता’ बनाउने हाम्रो उद्देश्य प्राप्त गर्ने दिशामा थप कदम चालिरहेका छौं ।’