सडक दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी रामेछापमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।
गुरुङ सवार बा १९ च १८३९ नम्बरको गाडी सडक किनाराबाट भीरतर्फ तल खस्न लागेको अवस्थामा ढुंगाको ओड लागेर जोगिएको हो ।
नेता गुरुङले सामाजिक सञ्जालमा आफू सवार गाडीको तस्बिर पोस्ट् गर्दै ठूलो दुर्घटनाबाट बचेको लेखेका छन् ।
गुरुङले पोस्ट् गरेको तस्बिरमा उनको गाडी सडकको लिग छाडेर तल पुगिसकेको अवस्थामा ओड लागेर रोकिएजस्तो देखिन्छ ।
रामेछापको गोगनेमा बिहीबार बिहान गुरुङ सवार गाडी दुर्घटना नजिक पुगेको हो ।
‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
गुरुङका अनुसार गाडीमा सवार उनीसहित सबैजना सकुशल छन् ।
गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जनलगायत पाँच जना सवार थिए । उनीहरु ओखलढुंगाका कांग्रेस नेता प्रदीप सुनुवारको निवास पुगेर फर्कंदै थिए । नेता सुनारको श्रीमतीको निधन भएपछि उनको परिवार शोकमा छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया