NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

सयपत्री हाइड्रोपावरको आइपिओमा आवेदन दिने म्याद थप

काठमाडाैं । सयपत्री हाइड्रोपावरको आइपिओमा म्याद थप गरिएको छ । तोकिएको समयमा  मागबमोजिम आवेदन नपरेपछि कम्पनीले म्याद थपेर असार २४ गतेसम्म पु-याएको छ ।

हाइड्रोपावरले असार २ गतेदेखि आइपिओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपिओ निष्काशन गरेका हुन् ।

कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको जनाएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आइपीओ भर्न सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष