बैंक अफ काठमाण्डुको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमान्डूको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । लगानीकर्तले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिने छ ।
लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सनराईज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
लिलामी सेयरको आवेदन असार १९ गते बिहान ११ बजे सनराईज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा खोलिनेछ ।
प्रतिक्रिया