देउवालाई नेम्वाङको आग्रह, ‘एसपिपीका सबै चिठी संसद्मा पठाइदिनुस्’
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)का लागि भएका सबै पत्र संसद्मा पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
संसद् दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङले एसपिपी गम्भीर विषय भइकाले यसलाई यत्तिकै छाड्न नहुने बताए ।
‘एसपिपीका सबै चिठी रक्षा मन्त्रालयमा छन् । मेरो आग्रह छ प्रधानमन्त्रीज्यू, ती सबै चिठी संसद्मा प्रस्तुत गरिदिनुस् । को–को संलग्न छन्, देखि हालिन्छ नि !’
आफूले प्रधानमन्त्री देउवालाई यस्तो सुझाव दिएपछि उनले आएर कुरा गरौं भनेको नेम्वाङले जानकारी दिए ।
नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको छ । त्यतिबेला प्रधानमन्त्री एमालेकै अध्यक्ष केपी शर्मा ओली थिए ।
तर, पत्र पठाउँदा आफूलाई नसोधिएको बताउँदै उनले पत्रको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया