NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

देउवालाई नेम्वाङको आग्रह, ‘एसपिपीका सबै चिठी संसद्मा पठाइदिनुस्’

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)का लागि भएका सबै पत्र संसद्मा पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

संसद् दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङले एसपिपी गम्भीर विषय भइकाले यसलाई यत्तिकै छाड्न नहुने बताए ।

‘एसपिपीका सबै चिठी रक्षा मन्त्रालयमा छन् । मेरो आग्रह छ प्रधानमन्त्रीज्यू, ती सबै चिठी संसद्मा प्रस्तुत गरिदिनुस् । को–को संलग्न छन्, देखि हालिन्छ नि !’

आफूले प्रधानमन्त्री देउवालाई यस्तो सुझाव दिएपछि उनले आएर कुरा गरौं भनेको नेम्वाङले जानकारी दिए ।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको छ । त्यतिबेला प्रधानमन्त्री एमालेकै अध्यक्ष केपी शर्मा ओली थिए ।

तर, पत्र पठाउँदा आफूलाई नसोधिएको बताउँदै उनले पत्रको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् ।