शेखर समूहको भेलामा नेताका उदास चेहरा [तीन तस्बिरसहित]
काठमाडौं । पार्टीमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको विरोधमा डा. शेखर कोइराला पक्षले भेला आयोजना गरेको छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरु भएको हो ।
भेलामा शेखर पक्षका नेताहरू सहभागी छन् । महामन्त्री गगन थापा पनि सहभागी भएपछि बैठक सुरु भएको छ ।
बैठकमा सभापति देउवाले केन्द्रीय सदस्य मनोननयमा एकलौटी गरेको, आफ्नो पक्षका पदाधिकारीलाई जिम्मेवारी नदिएको, भ्रातृ संस्थामा एकलौटी गरेको विषयमा गहन छलफल हुने बताइएको छ ।
चुनावी समीक्षा र आगामी चुनावबारे पनि भेलामा छलफल हुने बुझिएको छ ।
भेलामा डा. शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, नेताहरू बलबहादुर केसी, डा. चन्द्र भण्डारी, दीलेन्द्रप्रसाद बडु, डा.गोविन्दराज पोखरेल, रामकृष्ण यादव, सरिता प्रसाईं, किरण यादव, रञ्जित कर्ण, भुपेन्द्रजंग शाहीसहितका नेताहरू सहभागी छन् ।
तीन तस्बिरमा हेर्नुहोस् शेखर पक्षको भेला



देउवाको एकलौटीविरुद्ध शेखर पक्षको छुट्टै भेला, समानान्तर संगठनसम्मको चेतावनी
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया