बागमती प्रदेशको बजेट बहुमतले पारित
बागमती । प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रदेशसभाबाट आज बहुमतले पारित भएको छ ।
विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश सकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलले पेश गर्नुभएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतबाट तथा बजेट विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो ।
बैठकमा बजेटको पक्षमा सतापक्ष गठबन्धनका सांसदहरु उभिएका थिए । प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य रहेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो । प्रदेश सरकारले आज पारित गरेको बजेट चालु आर्थिक वर्षकोभन्दा रु १३ अर्बले बढी छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया