जारको पानीमा कोलिफर्म, सावधानी अपनाउन निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री वितरण हुने जारको पानीमा कोलिफर्म भेटिएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीका अनुसार जारको खानेपानीमा यसअघि नै कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो । बुधबार नमुना परीक्षण गर्दा केही कम्पनीले वितरण गर्ने जारको पानीमा पनि हानिकारक जीवाणु भेटिएको छ ।
यसबारे काठमाडौं महानगरलाई थप अनुगमन गर्न र खानेपानी वितरक कम्पनीलाई सावधानी अपनाउन स्वास्थ्यले अनुरोध गरेको छ ।
केही दिनयता परीक्षण गर्दा सबैजसो स्रोतका खानेपानीमा दिसामा हुने जीवाणु भेटिएको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया