प्रचण्डले ककनी पुगेर गरे आफ्नै छोरा प्रकाशको सालिक अनावरण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको ककनीमा आफ्ना स्वर्गीय छोरा प्रकाश दाहालको सालिक
अनावरण गरेका छन् ।
प्रकाशको स्मृति दिवसको अवसरमा प्रचण्ड बुहारी विना मगरसहित शुक्रबार ककनी पुगेका हुन् । उनले ककनी गाउँपालिका–६ स्थित अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण भएको प्रकाशको अर्धकदको सालिक अनावरण गरे ।
‘लुम्बिनी सगरमाथा शान्ति अभियान’ को नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न प्रकाशको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल पर्वतारोहण संघले उनको सालिक बनाएको जनाएको छ । प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया