अमेरिकामा राेकिएन बन्दुक हिंसा
वाशिंटन । अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको हो ।
गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६: २० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत गर्दै बिहीबार उल्लेख गरेको छ । पीडितमा एक नाबालकसमेत रहेको बताइएको छ ।
घटनाबारे नेवार्क प्रहरी विभागद्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ ।
अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानून लागू भएको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया