सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै

काठमाडौं (एजेन्सी) । सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ ।
सरकार विरोधी आन्दोलन थप चर्किंदै जाँदा भएका प्रदर्शनका क्रममा शुक्रबार नौ जनाको मृत्यु भएको भन्दै शनिबार निकालिएको जुलुसमा हजारौं सहभागी बनेका छन् ।
राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गरेका हुन् ।
संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले शान्तिपूर्ण विरोधमा सेनाबाट बल प्रयोग गरेको भनी घटनाप्रति चासो व्यक्त गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।
अक्टोबरदेखि अहिलेसम्म भएका प्रदर्शनका क्रममा १८ बालबालिकासहित ११३ जनाको मृत्यु भइसकेको छ ।
सरकारी अधिकारीहरुको दमनसँगै इन्टरनेटलगायतका सञ्चार सेवाहरु पनि विच्छेद गरेका छन् ।
आन्दोलनरत सर्वसाधारणको जमघट कम गर्न सरकारी अधिकारीहरुको निर्देशनमा इन्टरनेट सेवा अवरुद्ध पारेको सेवा प्रदायकहरुले जनाएका छन् । सुडानस्थित विभिन्न दूतावास तथा मानवअधिकारवादी संघसंस्थाहरुले भने सरकारी दमनको विरोध गर्दै लोकतन्त्रमा विरोधीहरुको मतको सम्मान गर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया