NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

प्रज्ञा भवन कमलादीमा बस्ने बैठक तीन दिनसम्म चल्नेछ ।

अपूर्ण अवस्थामा रहेका कमिटीहरूलाई पूर्णता दिने विषय बैठकको मुख्य एजेन्डा रहेको सो पार्टीका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

गत पुस १८ मा माओवादीको महाधिवेशन सम्पन्न भएको थियो । तर आकांक्षी व्यवस्थापन गर्न हम्मे परेपछि केन्द्रीय समिति र पदाधिकारी टुंगो नलगाई स्थगित भएको थियो । केन्द्रीय समितिबाट पछि पूर्णता दिने भनिए पनि यी काम बाँकी छन् ।

आजबाट सुरु हुने केन्द्रीय समिति बैठकले थाती काम टुंगो लगाउने अपेक्षा गरिएको छ ।

बैठकले स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीति पनि तय गर्दैछ ।

कांग्रेस, समाजवादीलगायत सत्तासाझेदार दलसँग गठबन्धन गरेर स्थानीय तहमा होमिएको माओवादी केन्द्रले आफ्नो अवस्था ०७४ को भन्दा थोरै सुधार गरेको छ ।