एचआइडीसीएलको ३ करोड कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को ३ करोड कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
सेयर सबै व्यक्ति, संस्था तथा कम्पनीले खरिद गर्न सक्नेछन् । खरिद गर्न चाहने खरिदकर्ताले न्यूनतम सय रुपैयाँ वा सोभन्दा बढी अंकित मूल्यमा खरिद गर्न सक्ने छन् ।
यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया