अर्थमन्त्रीले विश्वमै नभएको गम्भीर आर्थिक अपराध गरे : ओली
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आक्रोश पोखेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले अर्थमन्त्रीले म नै राज्य हुँ भन्ने दम्भ देखाएको आरोप लगाए । अर्थमन्त्रालयले सिसी टिभीको फुटेज हटाइएको अभिव्यक्ति दिएकोमा कडा आपत्ति जनाएका छन् ।
‘अर्थतन्त्र विरुद्ध गम्भीर अपराध गरेको विश्वमै यो पहिलो घटना हो’, उनले भने, ‘आर्थिक सम्बन्धि यस्तो अपराध विश्वामा कतै हुँदैन । गोप्यता राख्नु पर्ने संवेदनशील विषयमा सम्बन्धित सचिवलाईसमेत निरिह बनाउनु ठुलो अपराध हो ।’
ओलीले निश्चित घरानीयलाई फाइदा पुग्ने गरी बजेट ल्याउन षड्यन्त्रकासाथ बजेट ल्याइएको र अनाधिकृत व्यक्तिलाई प्रवेश गराई करको दायरा बढाइको आरोप लगाए ।
संवैधानिक अंगको रूपमा रहेको प्रमुख प्रतिपक्षी दलले सत्य–तथ्य सुचना माग्दा एमाले को हो भन्नु अन्तराष्ट्रिय लज्जाको विषय भएको टिप्पणी गरे । उनले अर्थमन्त्रीबाट अर्थतन्त्रमा गम्भीर असर गर्ने खालको गतिविधि हुँदासमेत सरकार चुपलागेर बसेको आरोप लगाए ।
‘यो निकै गम्भीर विषय हो । यस्तो गतिविधिले देश गम्भीर आर्थिक संकटमा फस्छ’, उनले भने, ‘यसबारे छानविन गर्न संसदीय समिति गठन गर्न म सरकारसँग माग गर्छु ।’
उनले मन्त्रीको अराजक र मनोमानि रोक्न सरकार चुपलागेर बस्न नमिल्ने तर्क गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया