NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जसपाबाट मन्त्री बन्नेमा शाहीकालका क्षेत्रीय प्रशासकदेखि कारबाहीमा परेकासम्म

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेतालाई मन्त्रिपरिषद्मा पठाएको छ ।

नयाँ मन्त्रीहरू मृगेन्द्रकुमारसिंह यादव, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसमेत गराइसकेका छन् । यसअघिकै सहमतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ भने परिवर्तन भएनन् ।

मृगेन्द्रकुमार कृषि, राई भौतिक पूर्वाधार र प्रदीप वनमन्त्रीमा नियुक्त भएका हुन् ।

मृगेन्द्रकुमारसिंह यादव

No description available.

कृषिमन्त्री बनेका मृगेन्द्रकुमारसिंह यादव ०६२ सालतिर तत्कालीन शाही शासनकालमा क्षेत्रीय प्रशासक बनेका थिए । उनी हाल राष्ट्रियसभाका सांसद छन् । यादव ०४६ सालमा जलस्रोत सहायकमन्त्री बनेका थिए ।

अघिल्लो पटकको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी ४ बाट पराजित भएका यादवलाई पछि राष्ट्रियसभामा तानिएको थियो ।

मोहम्मद इश्तियाक राई

No description available.

मोहम्मद इस्तियाक राई योसँगै तेस्रोपटक मन्त्री बनेका छन् । मृगेन्द्रकुमार सिंह यादव ०४६ सालमा जलस्रोत सहायकमन्त्री बनेका थिए ।

प्रदीप यादव

No description available.

वनमन्त्री बनेका प्रदीप यादवलाई गत वर्षको मंसिरमा पार्टीले कारबाही गरेको थियो । जसपाका सांसदसमेत रहेका उनलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइएको थियो ।

मन्त्री नबनाएको भन्दै यादवनिकट नेता कार्यकर्ताले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए । साथै, उनीहरूले पार्टीको झण्डासमेत जलाएका थिए । अहिले आएर उनै यादवलाई मन्त्री बनाइएको छ ।

यादव पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हुन् ।

 

प्रधानमन्त्री देउवाले बदले तीन मन्त्री