NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ

बुटवल । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

पक्राउ परेकाहरु मध्येबाट मोटरसाइकल चालक चिनक भनिने हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको दुई राउण्ड गोली र चक्कु एक थान फेला परेको प्रहरीको भनाइ छ ।

आइतबार राति ८ः३० बजे उक्त कार्यालयबाट प्रहरी निरीक्षक युवराजजङ्ग कार्कीको नेतृत्वमा गस्तीमा खटिएको प्रहरीले युपी ५५ एडी ०६८४ नम्बरको मोटर साइकललाई शंका लागी पिछा गर्दै जाने क्रममा लुम्बिनी-६ बसपार्क नजिक मोटसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिइ दुर्घटना भएको थियो ।

मोटरसाइकल दुर्घटनामा परी तीनै जना घाइते भएकाले उनीहरुलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।