सभापति देउवाले कलम अड्काए : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुस्त हुनुमा सभापति शेरबहादुर देउवा दोषी रहेको बताएका छन् ।
संसद् बैठकपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले सभापति देउवाको कलमबाट हुने विषय एउटा पनि निर्णय नभएको बताए ।
‘हिजो पार्टी सभापति फेरौं त भन्दा होइन फेर्यो भने त पार्टी बर्बादै हुन्छ भने । ज्यान फालेर देउवालाई नै सभापति बनाए,’ उनले भने, ‘अहिले आएर पार्टी सभापतिको कलमबाट एउटा पनि निर्णय भएको छैन ।’
युवा महामन्त्रीले पनि केही गर्न सकेनन् भन्ने आरोपको जवाफ दिँदै थापाले ‘विधानमा तोकिएका विषय पार्टी सभापतिले प्रारम्भ नै हुँदैन । महामन्त्रीले ल्याउने प्रस्ताव हुन् भने त म चार घण्टामै सकिदिन्छु ।’
विभाग, भ्रातृ संगठन, अनुशासन समिति, संसदीय समिति बनाउनेजस्ता विषयको प्रस्ताव पार्टी सभापतिले मात्र ल्याउने विधानमा उल्लेख रहेको थापाले स्मरण गराए ।
यी विषयका लागि पार्टी सभापतिलाई गर्ने सहयोग गरेको र तरिका पनि दिएको तर पार नलागेको उनले गुनासो गरे ।
‘तर, जबसम्म उहाँले कलम चोब्नुहुन्न काम अगाडि बढ्दैन । अड्केको कुरा यो हो,’ उनले भने ।
यद्यपि, पछिल्लो समय भने आफूलाई केही काम हुन्छ भन्ने विश्वास लागेको थापाले बताएका छन् ।
विभाग, भ्रातृ संस्थालगायतका विषय चाँडै टुंगिन्छन् भन्ने विश्वास छ । हामी त्यसरी नै काम गरिहेका छन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया