गगनकाे माग : अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीले हटाउनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले कि राजीनामा दिनुपर्ने कि प्रधानमन्त्रीले हटाउनुपर्ने बताएका छन् ।
संसद् बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले अर्थमन्त्री शर्माले गल्ती गरेको बताउँदै नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने नत्र उनलाई हटाउनुपर्ने बताएका हुन् ।
‘अब अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेपछि, मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानु पर्छ,’ उनले भने, ‘यत्रो संसद्मा उठ्यो, बाहिर उठ्यो, हो होइन म जान्दिन, यो विषय उठिसकेपछि मैले बुझेको कि अहिले अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई हटाउनुपर्छ र तत्काल छानबिन गर्नुपर्छ ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया