NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मेयर शाहले नेपहपको श्रीपेच बज्राचार्य गुरुलाई फिर्ता गरे

काठमाडौं । र्‍याप गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइएको मुकुट विवाद समाधान भएको छ ।

मुकुटलाई लिएर विवाद भएपछि काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का निर्णायक बालेन्द्र शाहले मंगलबार बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरे ।

उक्त रियालिटी शोको फाइनलमा मेयर शाहले विजेता भएका भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।

एउटा सांगीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुटको दुरुपयोग गरिएको भन्दै विवाद भएको थियो । यस विषयमा छलफल गरेपछि मेयर शाहले आफूबाट गल्ती भएको भन्दै सच्याउने प्रतिबद्धता गरेका थिए ।

यसै अनुरुप उनले मंगलबार थँ हिति ज्याथास्थित छुस्या बहास्मा आयोजत कार्यक्रममा मेयर शाहले गुरु देय थस्पालाई मुकुट हस्तान्तरण गरेका हुन् ।

नेपहपको श्रीपेचधारीलाई कति पुरस्कार ?