अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न प्रचण्डको साथ खोज्दै प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गर्ने तयारी गरेका छन् ।
शर्माविरुद्ध चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले बर्खास्त गर्ने तयारी थालेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
गत जेठ १५ मा शर्माले व्यापारिक घरानाका व्यक्तिलाई बजेट निर्माण गर्ने जिम्मेवारी दिएको विषय बाहिरिएको थियो । ठूला व्यापारीका ती प्रतिनिधिहरूले बजेटमा आफूअनुकुल करको दर हेरफेर गर्न भूमिका खेलेको बताइएको छ ।

त्यसपछि उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सिसिटिभी फुजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले सिसिटिभी फुटेज मेटिसकेको जवाफ दिएको छ । यसबाट अर्थमन्त्री झनै आलोचित भएका छन् ।
सोमबारमात्र गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शर्माको राजीनामा मागेका थिए । यसले गर्दा प्रधानमन्त्री देउवा झनै दबावमा आएको विश्लेषण गर्न सकिन्छ ।
गगनकाे माग : अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीले हटाउनुपर्छ
यस्तै प्रतिपक्षी एमालेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि अर्थमन्त्री शर्माको विरोध गरिहेका छन् ।
घटनाको संसदीय छानबिन गर्न माग गर्दै एमालेले शर्माको राजीनामा माग्दै आएको छ ।
सोमबार विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्मा अर्थमन्त्री मामिलामा प्रधानमन्त्री देउवा निरीह बनेको भन्दै उनको नैतिकता र कार्यक्षमतामाथि नै प्रश्न गरेका थिए ।
तर, गठबन्धन ट्ट्ने डरले प्रधानमन्त्री देउवाले अर्थमन्त्री हटाउने एक्लो निर्णय गर्न सकेका छैनन् ।
अर्थमन्त्री शर्मालाई के गर्ने भन्ने विषयमा छलफल गर्न देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बालुवाटार बोलाएका बालुवाटार स्रोतले जनाएको छ ।
प्रचण्ड सहमत भए अर्थमन्त्री शर्मा मंगलबार नै बर्खास्तीमा पर्नसक्ने सम्भावना रहेको बताइएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया