६२ वर्षको उमेरमा २४ वर्षीय युवकसँग विवाह
काठमाडौं । हामीले सधै सुनिरहेको कुरा हो । मायामा उमेर हेरिदैँन । यो कुरालाई जर्जियाका एक जोडीले साबित गरेका छन् । यो जोडीबीच ३७ वर्षको उमेर अन्तर छ ।
अमेरिकामा बसोबास गर्ने ६२ वर्षीया शेरिल म्याकग्रेगरले २४ वर्षीय कुरेन म्याकनसँग विवाह गरेकी छन् । यी दुई एक अर्कालाई धेरै माया गर्ने बताउँछन् । विवाह अघि एक वर्षसम्म प्रेम सम्बन्धमा रहेका यो जोडीले आफ्नो प्रेमलाई विवाहमा परीणत गरेका हुन् ।
म्याकग्रेगरको १७ जना नाती नातीनासमेत रहेका छन् । म्याकग्रेगर विवाहपछि बच्चाको योजना बनाइरहेकी छन् । उनी आमा बन्न चाहन्छिन् तर उनको बढ्दो उमेरले गर्भवती हुन सक्दिनन् । त्यसैले मैकग्रेगर सरोगेसी तथा बच्चा एडप्ट गर्न तयारी अवस्थामा छिन् ।
यसका लागि यो जोडी करौडौं खर्चका लागि तयार छन । यी दुईको भेट हुँदा कुरैन १५ वर्षका थिए । सन् २०२० पछि यी दुई जना सामाजिक सञ्जामामार्फत एक अर्कासँग नजिक भएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया