पदाधिकारी टुंग्याउन खुमलटारमा प्रचण्डको कसरत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) यतिबेला पार्टी पदाधिकारी टुंग्याउन लागिपरेको छ । यसैको कसरतस्वरुप अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी बैठक जारी छ ।
यसअघि मंगलबार पनि पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठक बसेको थियो । सो बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । यसर्थ, छलफल गर्न प्रचण्डले आज पूर्वस्थायी कमिटीका नेताहरूलाई डाकेका हुन् ।
यसैबीच, पार्टीको केन्द्रीय समिति बैठक पनि आजै बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।
आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रचण्डले पदाधिकारी बनाउन लागेका को–को हुन् माओवादीका नेताहरू ?
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया