पदाधिकारी टुंग्याउन खुमलटारमा प्रचण्डको कसरत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) यतिबेला पार्टी पदाधिकारी टुंग्याउन लागिपरेको छ । यसैको कसरतस्वरुप अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी बैठक जारी छ ।
यसअघि मंगलबार पनि पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठक बसेको थियो । सो बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । यसर्थ, छलफल गर्न प्रचण्डले आज पूर्वस्थायी कमिटीका नेताहरूलाई डाकेका हुन् ।
यसैबीच, पार्टीको केन्द्रीय समिति बैठक पनि आजै बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।
आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रचण्डले पदाधिकारी बनाउन लागेका को–को हुन् माओवादीका नेताहरू ?
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया