NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

लोप भएको ४० वर्षपछि मोजाम्बिकमा फर्किए सेता गैंडा

काठमाडौं । मोजाम्बिकको एक पार्कले ४० वर्षपछि पहिलोपटक सेतो गैंडालाई शुक्रबार स्वागत गरेको छ । मोजाम्बिकले छिमेकी दक्षिण अफ्रिकाबाट १९ वटा सेतो गैंडा ल्याएको हो ।

शिकारीहरूले अत्यधिक शिकार गरे पछि मोजाम्बिकबाट लोप भएको चार दशकपछि त्यहाँको प्रमुख राष्ट्रिय निकुञ्जमा पहिलोपटक ती गैंडा ल्याइएका हुन् । वन्यजन्तु पुनर्स्थापना र स्थानीय अर्थतन्त्रलाई बढावा दिन दक्षिणी मोजाम्बिकको जिनाभ राष्ट्रिय निकुञ्जमा गैंडाहरु स्थानान्तरण गरिएको हो ।

मोजाम्बिकको दशकौं लामो गृहयुद्ध र चोरी शिकारीले ४ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको आश्रयस्थलमा वन्यजन्तुहरु नष्ट भएका थिए । यो मोजाम्बिकको एक मात्र राष्ट्रिय निकुञ्ज हो जसमा हात्ती, गैंडा, सिंह, चितुवा र भैंसी गरी ठूला पाँच प्रजातिहरू छन् ।

दक्षिण अफ्रिकामा ८,००० भन्दा बढी कालो र सेतो गैंडा मारिएका थिए । त्यहाँ खागका लागि गैंडाहरु मारिन्छन् । यही कारण त्यहाँ सेताे गैंडा लाेप नै भएकाे थियाे ।

सन् २०१५ देखि १४ प्रजातिका २ हजार ४ सय जनावारलाई आरक्षमा छोडिएको छ ।