NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मुल्य १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कारोबार भइरहेको हो ।