NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

४० वर्षको उमेरमा ४४ सन्तान जन्मिए

काठमाडौं । अफ्रिकाको युगान्डामा एक महिला ४० वर्षको उमेरमा ४४ बच्चाको आमा बनेकी छन् । चिकित्सकका अनुसार उनले बच्चालाई जन्म दिइनन् भने उनी बिरामी हुन वा मृत्युसमेत हुन सक्ने चिकित्सकले बताएका छन् ।

ती महिलालाई कुनै किसिमको परिवार नियोजनका साधनले समेत नियन्त्रण गर्न नसक्ने चिकित्सकको भनाइ छ । उनको समस्या कुनै पनि औषधिले नियन्त्रण गर्न नसक्ने भएका कारण उनले यति धेरै बच्चा जन्माउनु परेको हो ।

४० वर्षको उमेरमा मरियम नबातान्जले एक चोटी मात्र एउटा बच्चालाई जन्म दिएकी छन् । उनले २ पटक जुम्ल्याहा ,पाँचपटक तीनवटा र चारपटक पाँच बच्चालाई जन्म दिएकी छन् । जसमा २० जना छोरी र बाँकी छोरा रहेका छन् । यी सबैको पालनपोषण उनी आफै गर्छिन् । रिपोर्टका अनुसार मरियमलाई १२ वर्षको उमेरमा आमा बुबाले बेचेका थिए ।

१३ वर्षको उमेरमै उनले पहिलो बच्चा जन्माएपछि उनको प्रजनन क्षमता सामान्यभन्दा बढी भएको पत्ता लागेको थियो । चिकित्सका अनुसार उनको अण्डाशय असामान्य रुपमा ठुलो छ । यही कारण उनको शरीरमा हाइपर ओभुलेसनको स्थिति बनेको छ । यो स्थिति अनुवांशिक हुन्छ । यसैका कारण धेरै बच्चाको जन्म दिन सक्ने सम्भावना उच्च हुन्छ ।

यस्तो परिस्थितिमा कुनै औषधिले पनि काम गर्दैन । औषधि वा परिवार नियोजनका साधनको प्रयोग गर्दा झन् बढी खतरा हुन्छ । हाइपर ओभुलेसन शल्यक्रियामार्फत् नियन्त्रण गर्न सकिने भए पनि ग्रामीण क्षेत्रमा यस्तो सुविधाको अभावका कारण उनले यति धेरै बच्चा जन्माउन बाध्य भएकी हुन् ।