NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

अर्थमन्त्रीको गतिविधि छानबिनका लागि संसदीय समिति बनाउन दलहरू सहमत

काठमाडौं । बजेट निर्माण प्रक्रियामा अर्थमन्त्री जनार्दन शर्माको गतिविधिबारे छानबिनका लागि संसदीय समिति बनाउन दलहरूबीच सहमति भएको छ ।

बुधबार सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको सभामुखको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिनको माग गरेको थियो । छानबिन समितिको संयोजक एमालेले दाबी गरे पनि त्यसमा सहमति हुन सकेको छैन ।