मेयरले गरे गोहीसँग विवाह
काठमाडौं । मेक्सिकोकाे एक सहर सान पेड्रो ह्युमेलुलाका मेयर भिक्टर ह्युगो सोसाले गोहीसँग विवाह गरेका छन् । उक्त विवाहमा मेयरका आफन्तसमेत सहभागी भएका थिए । उनले आफ्नो दुलही (गोही) लाई चुम्बनसमेत गरेका थिए ।
मेक्सिकोको ओक्साका राज्यका चोक्तल र हुआवे समुदायमा यो परम्परा धेरै वर्षदेखि चलिआएको छ । यस्तो प्रकारको विवाहमा प्रकृतिलाई धन्यवाद दिइन्छ । विवाहका लागि गोहीलाई सेतो पहिरनमा सजाइएको थियो ।
विवाहमा दुलहाको सुरक्षाका लागि गोहीको मुख बाँधिदिएको थियो । सात वर्षको उक्त गोहीलाई सानी राजकुमारीको नाम दिइएको थियो । यो सरीसृपलाई धर्ती आमाको प्रतिनिधित्व गर्ने देवी मानिने गरिन्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया