एमालेलाई निवर्तमान अर्थमन्त्री शर्माको प्रश्न : मैले संसदमा बोल्ने दायित्व कसरी गुमाएँ ?

काठमाडौं । बुधबार पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माले संसदमा आएर बोल्ने दायित्व आफूले कसरी गुमाएँ भन्दै एमालेलाई प्रश्न गरेका छन् ? संसदमा विशेष सम्बोधन गर्दै उनले आफूमाथि अनावश्यक झुटो लान्छाना लगाएको गुनासो पोखे ।
यस्तो छ शर्माले राजीनामा दिनुअघि संसदलाई दिएको विशेष सम्बोधन
सभामुख महाेदय, न मैले बच्चाको दुधको रेट बढाएर, चकलेटको रेट घटाए, के कारणले म अनैतिक भए ? जे देखियो पूर्वाग्रहको पराकाष्टा हो । छानविन समिति बन्यो, सभामुखले आदेश जारी गर्नुभयो । त्यसलाई म स्वागत गर्छु । सैनिक नेत्वले जस्तै दोषी हुने यही हो लोकतान्त्र ?
आम युवा र आम नागरिकालाई मेरो अनुरोध छ । यी विषय कसरी आए ? कसरी भ्रम सिर्जना गयो ? राजनीतिमा सच्याइको गहिराइमा पुग्नैपर्छ । सच्चाइमा पुगेन भने अन्याय हुन्छ ।
यसमा कसैलाई सोच्नको लागि अनुरोध । विगतको तथ्यहरूको प्रष्ट्याउलान्, छानविन समिति बनेको छ । त्यसले छानविन गरोस्, बजेट निर्माण गर्दा मैले कुनै त्रुटि गरेको छैन । यो सच्चाइलाई नै कसैले झुटो सावति गर्न करको हेरफेर गर्ने सम्बन्धमा दुई जना डिजीलाई निर्देशित गरेको छ । डलरको सञ्चिीति कसरी गर्न सकिन्छ ? जनताले उपभोग नगरेपनि हुने, नेपालमै उत्पादन हुने यो नीतिले औद्योगिक क्षेत्रको विकास र सरकारले ल्याएको नीति कार्यक्रम मार्गनिर्देशन गरेर बजेट निर्माण गरेको हो ।
मैले सचिवलाई निर्देशन गरे अनुसार रातभर काम गर्नुभएको छ । साढे ११ बजे सिंहदरबाट पुल्चोक क्वाटरमा गएर सुतेको छु । सिसिटिभीबारे मलाई कसरी जानकारी हुन्छ ? सिसिटिभी बारे प्राविधिक व्यक्तिले बाहेक मन्त्रीलाई कसरी थाहा हुन्छ ? मलाई कुनै कुरा डिलिट गर्नु जरुरी छैन, मलाई ज्ञान पनि छैन ।
नैतिक गुमाउनुपर्यो, विगतमा अर्बौ तस्करीका लागि खोलिएका सुपरीहरू बन्द भएका छन्, अब तस्करी हुँदैन । बन्द हुने गरी करको दर बढाएको छु । के तस्करी बन्द गर्न अनैतिक हो ? ती कुरा कसरी गलत हो ? यो ममाथि झुटो लाञ्छना लगाउन विरोधीहरूले भ्रमको खेती गरेका हुन् । छानविन समिति मैले बनाएको होइन । मलाई थाहा पनि छैन । त्यसले सत्यतथ्य पत्ता लगाउन छानविन गरोस् । विगतमा मन्त्री पदमा रहेर नै छानविन भएको छ । तर म आज छानविन समितलाई सहयोग पुगोस भनेर पदबाट राजीनामा दिएको घोषणा गर्दछु ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया