म फेरि आउनेछु भन्दै यसरी बिदा भए अर्थमन्त्री जनार्दन शर्मा [भिडियोसहित]
काठमाडौं । यसै वर्षको बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा पहुँच दिएर करकाे दर हेरफेर गरेको जस्ता गम्भीर आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः राजीनामा दिएका छन् ।
शर्माले आफूलाई आरोप लागेको जस्तो कुनै गल्ती नगरेको जिकिर गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
बुधबार छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनपछि शर्माले प्रतिनिधिसभामा आफ्नो कुरा राख्दै राजीनामा दिएका हुन् । उनले एउटा होइन हजारौं छानबिनका लागि तयार रहेको प्रष्टोक्तिसमेत दिएका छन् ।
‘छानबिनका लागि मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु । छानबिनले ल्याएको तथ्य सत्यको लागि अगाडि उपस्थित भएर फेरि आफनो विषयवस्तु, आफनो अभियान, र कामलाई अघि बढाउने, देश र जनताको काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्छु’ शर्माले भने, ‘मैंले गल्ती गरेको छैन । तपाईृहरुको आवाजलाई सम्मान गरेर राजीनामा दिएको हुँ । तथ्यमा गइदिनुहोला धन्यवाद ।’
राजीनाका क्रममा शर्माले १८ मिनेट बोलेका थिए ।
आफूमाथि झुठा र अनावश्यक लाञ्जना लगाइएको उनको भनाई थियो । छानबिन समितिलाई पूर्ण सहयोग गर्ने उनले बताए ।
शर्माकाे राजीनामा घाेषणाकाे भिडियाे
एमालेलाई निवर्तमान अर्थमन्त्री शर्माको प्रश्न : मैले संसदमा बोल्ने दायित्व कसरी गुमाएँ ?
अर्थमन्त्रीले झुक्याए : १३ दिन होइन तीन महिना सुरक्षित राख्नुपर्नेरहेछ सिसिटिभी फुटेज
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया