आजबाट यी महिलाले हाँक्दैछन् साझाका बिजुली बस

काठमाडौं । सार्वजनिक यातायातको क्षेत्रमा अलग पहिचान बनाएको साझा बसकाे आजबाट नयाँ सेवा सुरु हुँदैछ । यस अघि डिजेल गाडीमात्रै चलाउँदै आए पनि साझाले आजबाट चारवटा बिजुली बस चलाउन लागेको हो ।
तीन सयवटा बिजुली बस किन्न सरकारले लगानी गर्ने निर्णय गरेपछि साझाले अहिले पहिलो लटमा चीनबाट ४ वटा बिजुली बस ल्याएर संचालन गर्न लागेको हो ।
यी बिजुली बसका चालक र सहचालक दुवै महिला हुने साझाले जनाएको छ । उनीहरूलाई तालिम दिएपछि बिहीबारबाट सेवा सुरु भएको हो । चार चालक र ५ सहचालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिइरहेको साझा यातायातले जनाएको छ ।
सरकारको आशंकाले ढिलाई
सरकारको बहुमत सेयर हुने गरी साझालाई बस किन्न दिने र फिर्ता गर्ने नाटकीय शैली पनि चलेको थियो । २०७५ मा बिजुली बस किन्ने सरकारकाे निर्णयको कार्यान्वयन अहिले आएर नतिजामा देखिन थालेको हो ।
आर्थिक चलखेल हुने आशंकाका कारण प्रक्रिया सुरु गरिएको लामो समयसम्म बस आउन सकेको थिएन ।
२०७६ मा सरकारले साझालाई बसका मापदण्डसहित किन्ने अनुमति दिएको थियो । तर २०७६ असोज १ मा बस किन्ने प्रक्रिया रोक्नु भन्दै भौतिक पूर्वाधार मन्त्रालयले सरकारले दिएको तीन अर्ब रकम र ब्याज नै फिर्ता गर्न निर्देशन दियो । तर फेरि २०७७ माघमा सरकारले साझालाई बस किन्न दिने निर्णय गरेपछि साझाले बिजुली बस ल्याउन थालेको हो ।
डेढ करोड मूल्य प्रतिवटा पर्ने ४० वटा बस आउने क्रममा बिहीबार तीनवटाको सुरुवात भएको हो । बाँकी बस पनि छिट्टै ल्याउने र संचालन गर्ने साझाको भनाई छ ।
कति छन् साझासँग बस
यस अघिदेखि नै साझा यातायात सहकारीसँग ७४ वटा बस थिए । बिहीबारबाट तीनवटा बिजुली बस थपिएका छन् । सहकारीले संचालन गर्ने यी बसमा बहुमत सेयर नेपाल सरकारकै छ ।
काठमाडौंमा ठूलो संख्यामा बिजुली बस संचालन गर्न सकिए प्रदुषण कम हुने, जाम कम हुने, इन्धन आयातमा विस्तारै कमी आउने जस्ता फाइदा हुनेछन् ।
कस्ता छन् बिजुली बसका विशेषता ?
पहिलो लटका ९ मिटर लामा यी बिजुली बसमा २५ सिट हुनेछन् । अब थप सिटसहितका बस आउनेछन् । साझाले काठमाडौं विभिन्न रुटमा सेवा दिंदै आएको छ ।
यी बिजुली बसमा टिभी, सिसिटिभी, वाइफाइको सुविधा रहेका छन् । अपागंता भएकालाई सहजै बस चढ्न मिल्ने र्याम्पको सुविधा पनि भएको साझा यातायातले जनाएको छ ।
ताजा अपडेट
-
संसदमा अर्थमन्त्रीलाई रविको ६ प्रश्न, के–के हुन् ?
-
इनार सुक्न थालेपछि खानेपानीको समस्या
-
नागरिकता विधेयकमा आफूलाई समुदाय विशेषको विरोधी भएको भाष्य निर्माण गर्न खोजियो : रवि लामिछाने
-
स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु
-
‘भन्सार राजश्व, कमिसनमा रमाउने अर्थतन्त्रले राज्यलाई योगदान दिन सक्दैन’
प्रतिक्रिया