पञ्जाबका मुख्यमन्त्रीले गरे दोस्रो विवाह
काठमाडौं । पञ्जाबका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता भगवन्त मानले विवाह गरेका छन् । उनले चिकित्सक गुरुप्रीत कौरसँग विवाह गरेका हुन् । यो उनको दोस्रो विवाह हो ।
गुरप्रीत भगवन्तभन्दा १६ वर्ष कान्छी छिन् । उनीहरुको विवाहमा सीमित आफन्त तथा परिवार मात्र सहभागी थिए । दिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालसँगै पार्टीका राज्यसभा सांसद राघव चड्ढा पनि विवाह समारोहमा सहभागी भएका थिए ।
भगवन्तको जेठी श्रीमतीबाट दुई बच्चा छन् ।
हाल उनीहरु अमेरिकामा बसोबास गर्छन् । सन् २०१५ मा भगवन्तको पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया