पञ्जाबका मुख्यमन्त्रीले गरे दोस्रो विवाह
काठमाडौं । पञ्जाबका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता भगवन्त मानले विवाह गरेका छन् । उनले चिकित्सक गुरुप्रीत कौरसँग विवाह गरेका हुन् । यो उनको दोस्रो विवाह हो ।
गुरप्रीत भगवन्तभन्दा १६ वर्ष कान्छी छिन् । उनीहरुको विवाहमा सीमित आफन्त तथा परिवार मात्र सहभागी थिए । दिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालसँगै पार्टीका राज्यसभा सांसद राघव चड्ढा पनि विवाह समारोहमा सहभागी भएका थिए ।
भगवन्तको जेठी श्रीमतीबाट दुई बच्चा छन् ।
हाल उनीहरु अमेरिकामा बसोबास गर्छन् । सन् २०१५ मा भगवन्तको पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया