नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ : डा. भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् ।
बिहीबार थेम्स कलेजमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले शान्ति क्षेत्र घोषणापछि दुई छिमेकी भारत र चीनसँग तालमेल मिलाएर अघि बढ्नुपर्ने उनले स्पष्ट पारे ।
भारत र चीनसँगको तालमेल नमिलाउँदासम्म नेपालको विकास गर्न नसकिने उनको भनाइ थियो ।
‘भारत तेस्रो अर्थतन्त्र र चीन पहिलो अर्थतन्त्र बनेर आउँछ भने यिनीहरूसँग तालमेल नमिलाइकन हामीले विकास गर्न सक्दैनौं,’ उनले भने, ’त्यसैले नेपालले शान्ति क्षेत्र घोषणा गरेर हुन्छ कि कसरी हामीले विश्वास लिन सक्छौं त्यसरी भारत र चीनको मूल्य श्रृंखलासँग जोड्ने अर्थनीति र दुइटैसँग शान्ति कायम गरेर अगाडि बढ्ने भन्ने नीति लिन सक्नुपर्छ ।’
राज्यप्रणालीमा सुधार नहुँदासम्म अहिलेकै अवस्थामा राम्रो व्यक्ति आए पनि केही गर्न नसक्ने उनले दाबी गरे ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया