NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् ।

बिहीबार थेम्स कलेजमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले शान्ति क्षेत्र घोषणापछि दुई छिमेकी भारत र चीनसँग तालमेल मिलाएर अघि बढ्नुपर्ने उनले स्पष्ट पारे ।

भारत र चीनसँगको तालमेल नमिलाउँदासम्म नेपालको विकास गर्न नसकिने उनको भनाइ थियो ।

‘भारत तेस्रो अर्थतन्त्र र चीन पहिलो अर्थतन्त्र बनेर आउँछ भने यिनीहरूसँग तालमेल नमिलाइकन हामीले विकास गर्न सक्दैनौं,’ उनले भने, ’त्यसैले नेपालले शान्ति क्षेत्र घोषणा गरेर हुन्छ कि कसरी हामीले विश्वास लिन सक्छौं त्यसरी भारत र चीनको मूल्य श्रृंखलासँग जोड्ने अर्थनीति र दुइटैसँग शान्ति कायम गरेर अगाडि बढ्ने भन्ने नीति लिन सक्नुपर्छ ।’

राज्यप्रणालीमा सुधार नहुँदासम्म अहिलेकै अवस्थामा राम्रो व्यक्ति आए पनि केही गर्न नसक्ने उनले दाबी गरे ।