NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नारायणकाजीलाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रचण्डको संकेत !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टीका पदाधिकारी छुंग्याउन सकेनन् । तर, उनले वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ हुने संकेत गरेका छन् ।

आज काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपछि प्रचण्डले वरिष्ठ उपाध्यक्षणमा श्रेष्ठको नाम लिएका थिए ।
‘वरिष्ठ उपाध्यक्षमा त नारायणकाजीको विकल्प को छ र ?, प्रचण्डले भने ।

गृहकार्य नपुगेकाले पदाधिकारीको टिम नै घोषणा गर्न भने दुई–चार दिन लाग्ने उनले बताए ।

पदाधिकारीमा सबैको टुंगो लागे पनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले थोरै समय चाहिएको प्रचण्डको भनाइ थियो ।

महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्मा दुवै आकांक्षी छन् । यसले प्रचण्डलाई अफ्ठ्यारोमा पारेको बताइएको छ । कुरा नमिले देव गुरुङलाई पनि अघि सार्ने सम्भावना रहेको प्रचण्डनिकट स्रोत बताउँछ ।

४१ जना स्थायी समिति सदस्य प्रस्ताव गर्दै प्रचण्डले भने, ‘पदाधिकारीमा गृहकार्य पुगेन’