NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
शर्माको अर्को काम पनि विवादित

प्रधानमन्त्रीपुत्रको कम्पनीलाई सेनेटरी प्याडको भन्सारमा भारी छुट

काठमाडौं । गत जेठ १४ गते राति बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिहरूलाई स्थान दिएको आरोप लागेपछि जनार्दन शर्माले राजीनामा दिएका छन् । व्यापारिक घरानाका ती व्यक्तिहरूले हस्तक्षेप गरेर करको दर हेरफेर गरेको आरोप लागेको हो ।

यतिमात्र होइन तत्कालीन अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको कम्पनीलाई पनि करमा भारी छुट दिएको विषय बाहिरिएको छ । हिमालय टेलिभिजनले समाचार सामग्री तयार पार्दै यो विषय बाहिर ल्याएको हो ।

देउवापुत्र जयवीर महिलाले महिनावारी हुँदा लगाउने सेनिटरी प्याड विदेशबाट आयात गर्छन् । यसका लागि उनले ब्लु प्रिन्ट टे«डिङ प्रालि नामक कम्पनी नै चलाएका छन् । यो कम्पनीमा उनको भरतपुर चितवनका हेमन्त बजगाईंसँग साझेदारी छ ।

May be an image of text

यो कम्पनीमा प्रधानमन्त्रीपत्नी आरजु राणा पनि अप्रत्यक्ष रुपमा संग्लग्न रहेको बताइएको छ ।

स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी बजेट बनाएको दाबी गर्दै आएका निवर्तमान अर्थमन्त्री शर्माले विदेशबाट आयातित सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिदिएको पाइएको छ । यसले नेपाली बजारमा विदेशी प्याड सस्तो हुने र स्वदेशी उद्योग धराशयी पार्ने विज्ञहरूको दाबी छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष