प्रधानमन्त्रीपुत्रको कम्पनीलाई सेनेटरी प्याडको भन्सारमा भारी छुट
काठमाडौं । गत जेठ १४ गते राति बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिहरूलाई स्थान दिएको आरोप लागेपछि जनार्दन शर्माले राजीनामा दिएका छन् । व्यापारिक घरानाका ती व्यक्तिहरूले हस्तक्षेप गरेर करको दर हेरफेर गरेको आरोप लागेको हो ।
यतिमात्र होइन तत्कालीन अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको कम्पनीलाई पनि करमा भारी छुट दिएको विषय बाहिरिएको छ । हिमालय टेलिभिजनले समाचार सामग्री तयार पार्दै यो विषय बाहिर ल्याएको हो ।
देउवापुत्र जयवीर महिलाले महिनावारी हुँदा लगाउने सेनिटरी प्याड विदेशबाट आयात गर्छन् । यसका लागि उनले ब्लु प्रिन्ट टे«डिङ प्रालि नामक कम्पनी नै चलाएका छन् । यो कम्पनीमा उनको भरतपुर चितवनका हेमन्त बजगाईंसँग साझेदारी छ ।

यो कम्पनीमा प्रधानमन्त्रीपत्नी आरजु राणा पनि अप्रत्यक्ष रुपमा संग्लग्न रहेको बताइएको छ ।
स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी बजेट बनाएको दाबी गर्दै आएका निवर्तमान अर्थमन्त्री शर्माले विदेशबाट आयातित सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिदिएको पाइएको छ । यसले नेपाली बजारमा विदेशी प्याड सस्तो हुने र स्वदेशी उद्योग धराशयी पार्ने विज्ञहरूको दाबी छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया