सीमानामा काँडेतार लगाउने अभिव्यक्ति दिएको भोलिपल्टै प्रधानसेनापतिलाई भेटे भारतीय राजदूतले
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । भेट शुक्रबार सैनिक जङ्गी अड्डामा भएको हो ।
सेनापति शर्माले बिहीबारमात्रै सेनाले नेपाल–भारत सीमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेका थिए ।
सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
त्यसकै भोलिपल्ट उनलाई भारतीय राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता, नेपाली सेनाले भने भेटमा आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको जनाएको छ ।
प्रधानसेनापति शर्मा हालैमात्र अमेरिका भ्रमण सकेर फर्किएका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया