आबेको निधनमा चौधरीद्वारा दु:ख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोको निधनबाट आफू स्तब्ध भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता चौधरीले आबेको कार्यकालमा नेपाल जापान सम्बन्धले पाएको गतिको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीले आबे परिवारमा पर्न गएको शोकमा समबेदना पनि प्रकट गरेका हुन् ।
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि शुक्रबार बिहान चुनावी भाषण गरिरहेको समयमा गोली प्रहार भएको थियो । गोली लागेर घाईते आबेको उपचारको क्रममा निधन भएको हो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया