आबेको निधनमा चौधरीद्वारा दु:ख व्यक्त
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोको निधनबाट आफू स्तब्ध भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता चौधरीले आबेको कार्यकालमा नेपाल जापान सम्बन्धले पाएको गतिको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीले आबे परिवारमा पर्न गएको शोकमा समबेदना पनि प्रकट गरेका हुन् ।
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि शुक्रबार बिहान चुनावी भाषण गरिरहेको समयमा गोली प्रहार भएको थियो । गोली लागेर घाईते आबेको उपचारको क्रममा निधन भएको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया