NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बुढीगंगामा एमालेलाई अग्रता, पछ्याउँदै कांग्रेस

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि लागेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता बनाइरहेका छन् । उनलाई पछ्यारहेका नेपाली कांग्रेसका रंगबहादुर खातीको मत ८८६ छ ।

त्यसैगरी, उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाएकी छन् । उनलाई पछ्यारहेकी कांग्रेसकी रीता शाहीले ९१९ मत हासिल गरेकी छन् ।

गत वैशाख ३० मा भएको मतदान विवादित बनेपछि यहाँ पुनः चुनाव भएको हो । हालसम्म यहाँको २ वडाको मतगणना सकिएको छ । जसमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष