अवरुद्ध राजमार्ग चार घण्टापछि खुल्यो
दमौली । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ ।
बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो ।
पहिराेका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया