NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

पछ्याैरी गीतबारे इन्दिराको जवाफ : अरूले त्यही काम गर्दा स्टाइल हामीले गर्दा कपी

काठमाडौं । गायिका इन्दिरा जोशीको पछ्यौरी गीत अंग्रेजीबाट चोरी भएको भन्दै आलोचना भएपछि उनले यस विषयमा जवाफ दिएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै अरुले गर्दा त्यही काम स्टाइल र ट्रेण्ड बन्ने र हामीले प्रयोगमा ल्याउँदा कपी हुने भन्दै जफाव दिएकी हुन् ।

उनले ध्वनी तथा प्रविधिको ज्ञानमा हामी पछि परेकासमेत उल्लेख गरेकी छिन् । साथै उनले अन्तर्राष्ट्रिय शैलीलाई नेपाली स्टाइलमा समावेश नगर्दा नै बेस हुने बताएकी छिन् । उनी लेख्छिन ‘बेक्कारमा टन्नै आलोचना खेप्न पर्नी । अबदेखि अन्तर्राष्ट्रिय शैलीलाई नेपाली स्टाइलमा समावेश नगर्दा नै बेस होला । अरुले त्यही काम गर्दा स्टाइल र ट्रेन्ड हुन्छ । तर हामीले प्रयोगमा ल्याउँदा कपी । ध्वनि र प्रविधिको ज्ञान र प्रयोगमा हामी पछि छौं । धेरैपछि, तर विचारमा त झनै पछि रहेछौं ।’

साथै उनले बल्कन बिट बक्सको ‘हर्माटिको’ बोलको गीत सार्वजनिक गरेकी छन् । जसमा प्रयोग भएका बाजा र ट्युन इन्दिराको ‘पछ्यौरी’सँगै कपी गरिएको भनिएको ‘टक डर्टी टु मि’ सँग पनि मिल्दोजुल्दो छ।

उनलाई नयाँ गीत पछ्यौरीमा अमेरिकी गीतको संगीत चोरेको आरोप लागेको थियो । एक साताअघि सो गीत उनले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेकी थिइन् ।

इन्दिरा जोशीले चोरिन् अंग्रेजी गीत