पछ्याैरी गीतबारे इन्दिराको जवाफ : अरूले त्यही काम गर्दा स्टाइल हामीले गर्दा कपी
काठमाडौं । गायिका इन्दिरा जोशीको पछ्यौरी गीत अंग्रेजीबाट चोरी भएको भन्दै आलोचना भएपछि उनले यस विषयमा जवाफ दिएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै अरुले गर्दा त्यही काम स्टाइल र ट्रेण्ड बन्ने र हामीले प्रयोगमा ल्याउँदा कपी हुने भन्दै जफाव दिएकी हुन् ।
उनले ध्वनी तथा प्रविधिको ज्ञानमा हामी पछि परेकासमेत उल्लेख गरेकी छिन् । साथै उनले अन्तर्राष्ट्रिय शैलीलाई नेपाली स्टाइलमा समावेश नगर्दा नै बेस हुने बताएकी छिन् । उनी लेख्छिन ‘बेक्कारमा टन्नै आलोचना खेप्न पर्नी । अबदेखि अन्तर्राष्ट्रिय शैलीलाई नेपाली स्टाइलमा समावेश नगर्दा नै बेस होला । अरुले त्यही काम गर्दा स्टाइल र ट्रेन्ड हुन्छ । तर हामीले प्रयोगमा ल्याउँदा कपी । ध्वनि र प्रविधिको ज्ञान र प्रयोगमा हामी पछि छौं । धेरैपछि, तर विचारमा त झनै पछि रहेछौं ।’
साथै उनले बल्कन बिट बक्सको ‘हर्माटिको’ बोलको गीत सार्वजनिक गरेकी छन् । जसमा प्रयोग भएका बाजा र ट्युन इन्दिराको ‘पछ्यौरी’सँगै कपी गरिएको भनिएको ‘टक डर्टी टु मि’ सँग पनि मिल्दोजुल्दो छ।
उनलाई नयाँ गीत पछ्यौरीमा अमेरिकी गीतको संगीत चोरेको आरोप लागेको थियो । एक साताअघि सो गीत उनले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेकी थिइन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया