युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ ।
सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले जानकारी दिएका छन् । प्रधानमन्त्री डेनिसले शनिबार युक्रेनले विभिन्न दाताहरुबाट सो रकम प्राप्त गर्न लागेको जानकारी दिएका हुन ।
सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरुबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत् सो रकम प्राप्त हुने भएको पनि समाचारमा जनाइएको छ ।
विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोग यसएस एजेन्सी फर इन्टरनेशनल डेभलप्मेन्टमार्फत् सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ ।
त्यहाँका औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो सहायता रकमको उपयोग गरिने जानकारी प्रधानमन्त्री डेनिसले दिएका छन् ।
रुसको आक्रमणमा परेको युक्रेनले यही सन् २०२२ को अन्त्य सम्ममा करिब २० अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने योजना बनाएको त्यहाँका अर्थमन्त्रीले जानकारी दिएका छन् ।
अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गर्ने बाचा पनि गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया