NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

राप्रपाको कार्यालयमा कुर्सी हानाहान, केही घाइते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ ।

केही दिनअघि मात्रै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महिला संघको अध्यक्षमा अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि पार्टी

पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समूहले विरोध गरेका हुन् ।

पार्टी बाहिरकालाई ल्याएर अध्यक्ष बनाएको भन्दै उनीहरूले विरोध जनाएको बताइएको छ ।

बैठकमा विवाद भएपछि दुवै पक्षबीच पहिले भनाभन र पछि हानत हालाहाल भएको हो । कुर्सी प्रहार गर्नुको साथै टेबल तोडफोडसमेत गरिएको थियो ।

सो क्रममा राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । घाइतेहरूको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

झडपपछि अध्यक्ष लिङ्देन पार्टी कार्यालय पुगेका थिए ।