NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि

काठमाडाैं । नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि सुरू हुँदैछ । यी दुई बैंक मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत कारोबार हुन लागिएको हो ।

यही असार १५ गते राष्ट्र बैंकको सञ्चालक समितिले यी दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । स्वाप रेसियो १००:४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी भएको छ । अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै सेयर हुनेछ ।